Monday 6th May 2024

विश्वभर कोरोना संक्रमित २ करोड ५० लाख नाघे, ८ लाख ४३ हजार बढिको मृत्यु


तितोपाटी – विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड ५० लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार शनिबार अपरान्ह सम्म संक्रमितकाे संख्या २ कराेड ५० लाख १६ हजार ७ सय ६ पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ८ लाख ४३ हजार नाधेको छ भने कुल सङ्क्रमितमध्ये १ कराेड ७३ लाख ८२ हजार भन्दा बढि उपचारपछि घर फर्किएका छन् ।

हाल ६७ लाख ९० हजार भन्दा बढि सकृय संक्रमित छन् भने ६१ हजार भन्दा बढि गम्भीर अबस्थामा रहेका छन् ।

अहिले सम्म सबै भन्दा बढि संक्रमित रहेको अमेरिकामा ६१ लाख ११ हजार भन्दा बढि संक्रमित भइ ३३ लाख ७८ हजार भन्दा बढि निको भएका छन भने १ लाख ८६ हजार भन्दा बढीको ज्यान गएको छ । दोश्रो नं. मा रहेको ब्राजिलमा ३८ लाख १२ हजार भन्दा बढी संक्रमित भइ २९ लाख ७६ हजार भन्दा बढि निको भइ १ लाख १९ हजर भन्दा बढिको ज्यान गएको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको भारतमा अहिले सम्म ३५ लाख १३ हजार भन्दा बढि संक्रमित भएका छन् भने २६ लाख ९१ हजार भन्दा बढि निको भइ ६३ हजार भन्दा बढिको ज्यान गएको छ ।

संक्रमणको कारण धेरै मानिसहरूले ज्यान गुमाएका देशहरूमा अमेरिका र ब्राजिल पछि भारत र मेक्सिको रहेका छन् । यी दुबै देशमा ६३ हजार भन्दा बढि मानिसहरूको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...