Sunday 22nd March 2026

संस्कृति – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


सप्तर्षि पूजा परेको आज नेपाली समाज।
संस्कृति हाम्रो अत्यन्तै राम्रो देश र बिदेश।
ॠषिको पूजा सबैले गर्छन् नेपाली नारीले।
हातमा चुरा ब्लाउज माथि सजिई साडिले।१।

बशिष्ठ अतृ गौतम पनि यसमा संगम।
भारद्वाज र बिश्वामित्रको पवित्र मिलन।
जमदग्नि र कश्यप गरी सातको गणना।
अरुन्धतिको पतिब्रता त्यो बेहोरा उत्तम।२।

कसैले अर्को रुपमा राखी गणना गर्दछन्।
मरीचि अतृ अङ्गिरा क्रतु पुलस्त्य बशिष्ठ।
पुलह गरी सातको नाम मानिन्छ बिशिष्ट।
जसरी नाम पुकारे पनि भक्तको हो इक्षा ।३।

सन्तान हामी ऋषिका हामी गोत्रले जोडिन्छ।
त्यसैमा भिन्न हजुर हाम्रो बाटो नै मोडिन्छ।
तृकाल दर्शी जगत काँप्यो ऋषिको तेजले।
आचार छैन हजुर हाम्रो टेर्दैन मुसाले ।४।

तपस्या भन्ने साधना साथ गरेको काम हो।
लक्षमा पुग्न गरेको काम सफल पार्नु हो।
धैर्यता छैन आजको युग गर्दछ चटारो।
नरोप्दै बिउ भित्र्याऊँ बाली भनेर लठारो ।५।

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...