Monday 26th January 2026

संस्कृति – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


सप्तर्षि पूजा परेको आज नेपाली समाज।
संस्कृति हाम्रो अत्यन्तै राम्रो देश र बिदेश।
ॠषिको पूजा सबैले गर्छन् नेपाली नारीले।
हातमा चुरा ब्लाउज माथि सजिई साडिले।१।

बशिष्ठ अतृ गौतम पनि यसमा संगम।
भारद्वाज र बिश्वामित्रको पवित्र मिलन।
जमदग्नि र कश्यप गरी सातको गणना।
अरुन्धतिको पतिब्रता त्यो बेहोरा उत्तम।२।

कसैले अर्को रुपमा राखी गणना गर्दछन्।
मरीचि अतृ अङ्गिरा क्रतु पुलस्त्य बशिष्ठ।
पुलह गरी सातको नाम मानिन्छ बिशिष्ट।
जसरी नाम पुकारे पनि भक्तको हो इक्षा ।३।

सन्तान हामी ऋषिका हामी गोत्रले जोडिन्छ।
त्यसैमा भिन्न हजुर हाम्रो बाटो नै मोडिन्छ।
तृकाल दर्शी जगत काँप्यो ऋषिको तेजले।
आचार छैन हजुर हाम्रो टेर्दैन मुसाले ।४।

तपस्या भन्ने साधना साथ गरेको काम हो।
लक्षमा पुग्न गरेको काम सफल पार्नु हो।
धैर्यता छैन आजको युग गर्दछ चटारो।
नरोप्दै बिउ भित्र्याऊँ बाली भनेर लठारो ।५।

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...