Monday 26th January 2026

गजल – हरि शर्मा (सुबेदी)


कुशे औँसी तिम्रो जन्म मोती भनी नाम निको।
भानुभक्त थिए गुप्त चिनाउने काम निको ।१।

भानुभक्त सरी तिमी राम भक्त थियौ आफू।
दुबै मिली जपिएको भक्तिभाव राम निको ।२।

सानैदेखी अति उच्च थियो मनोभाव पनि
काठमाण्डौ जन्म तिम्रो जन्म ठाम निको।३।

तिज कथा पिकदुत अझै अरु थुप्रै कृति
सुमधुर शैलीसँग मिसिएको साम निको ।४।

परोपकारैमा डुबी गयौ सारा जुनी भर
कतै पनि नलोभिने देखिकन दाम निको ।५।

-हरि शर्मा (गलकोटे कवि)
गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

प्रतिकृयाहरू
...