Thursday 15th October 2026

व्यक्ति हत्या गरेर फरार १७ वर्षपछि समातिए अभियुक्त


तितोपाटी – अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् ।तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला प्रहरी कार्यालय, झापाको पछिल्लो अपरेशनले यसको पुष्टि गरेको छ । झापाका एसपी कृष्णप्रसाद कोइरालाले अनलाइनखबरलाई बताए अनुसार जिल्लामा १७ वर्षअघि भएको कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जलथल गाविस–८ का तत्कालीन समयमा २६ वर्षीय दुर्गा मगर भनिने दुर्गाबहादुर थापा छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक साकारराज पन्त नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । मगरसहितको समूहले कुटपिट गरेर साबिक टाघनडुब्बा गाविस–४ का ४५ वर्षीय विरिकलाल माझीको हत्या गरेका थिए ।सामान्य विवादमा हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ । कोइरालाका अनुसार अभियुक्त मगर घटना लगत्तै काठमाडौंतिर छिरेका थिए । त्यसपछि भारतको कोलकत्ता, दार्जिलिङ पनि पुगेको खुलेको छ । त्यतै रहँदा वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएर उनी नेपाल फर्किएका थिए ।हाल उनलाई जिल्ला अदालत, झापाबाट ५ दिन म्याद थप गरेर मुलुकी ऐनको ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...