Monday 23rd March 2026

घट्टेखोलो सुसाएर – लोक छन्द (सवाई) -हरि शर्मा(सुबेदी)


म जन्मेको गलकोट नुवाकोट गाउँ ।
अमेरिका बस्छु ऐले हरि मेरो नाउँ ।
नुवाकोट पुछारमा सुबेदीका घर ।
ती मध्य एउटा म हुँ सुबेदी हो थर । १ ।

गौँदीखोला देखि डिहीँ धनमुडा शिर ।
भूमेमन्दिर तीज डाँडा मूलाछर्ने तिर ।
हलोतास्ने भनन्चौर सम्पोखरा पनि ।
नुवाकोट भनिकन पुकारिन्छ अनि ।२ ।

ओखरबोटदेखि माथि तीजडाँडा सम्म ।
देउपुजे पाखापानी बस्छ गजधुम्म ।
पारिपट्टि चमुवा छ निलुवाको काख ।
कुरा मात्र गर्दा पनि रसाउँने आँखा । ३ ।

चमुवामा बस्नु हुन्छ हाम्रा दाजु भाइ ।
सबैजना औधी माया गर्ने हामीलाई ।
बायाँपट्टी धुस्तुङ छ खरुवा छ दायाँ ।
कसो गरी भुल्ने होला धुस्तुङेको माया । ४ ।

धुस्तुङ हो मामाघर आमासँग जान्थेँ ।
भुल्केको त्यो पानी थापी अँजुलीमा खान्थेँ ।
खरुवाको बाटो हुँदै लेकतिर जान्थेँ ।
गुएँलीको स्वाद लिई मीठो मानी खान्थेँ ।५ ।

अमेरिका जापानमा यहाँ बस्ने साथी ।
हाँसीखेली रमाएको सम्झना छ अति ।
घट्टेखोलो सुसाएर ब्युँझाउँथ्यो राती ।
जन्मभूमी सम्झिँदा त चिरिन्छ यो छाती ।६ ।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...