Monday 12th October 2026

अर्को केटा मन पराएको भन्दै एसिड प्रहार


काठमाडौँको सीतापाइलामा  २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमद हुन् । मुन्ना भारतीय नागरिक हुन् । उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

दही किन्न भनि डेराबाट बाहिर निस्केकी ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी ती युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको थियो ।महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले उनको मुखमा एसिड परेको र कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको जानकारी दिए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...