Saturday 21st February 2026

कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरूमा परिवर्तन


हरि कृष्ण न्यौपाने – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १ तारिकबाट शुरु गर्ने भएको छ । त्यसैले कुवेतबाट आफ्नो देश जाने वा कुवेत आउने आप्रवासीहरुले निम्न कुराहरु अपनाउनु पर्ने जनाएको छ।

कुवेत आउनु र कुवेत छोड्नु पर्दा निम्न कुराहरु परिवर्तन भएका छन् ।

कुवेत छोड्दा:-
१.अगस्ट १ देखी कमर्सियल फ्लाइटमा जादा पिसिआर टेस्ट अनिबार्य, ४० केडी शुल्क लाग्ने ।
२. कुवेत एयरपोर्टमा वा यात्रा भर मास्क,गल्बस र सामाजिक दुरी कायम गर्नु पर्ने ।
३. कुवेतबाट डिपोर्ट गरिने यात्रीहरुले औषधि वा अत्याबश्यक सामानहरु बाहेक हाते ब्याग (ह्यान्ड क्यारी)लैजान नपाउने,तर बढिमा २० किलो सम्मका सामानहरु लगेजबाट पठाउन पाइने छ।

कुवेत आउँदा:-
१. पिसिआर नेगेटिभ भएको रिपोर्ट बढीमा ३ दिन अबधीभित्र परिक्षण गरिएको हुनु पर्ने।
२. स्लोनिक(Shlonik) एप्स मोबाइलमा हुनु पर्ने ।
३. कुवेत आउँदा वा यात्रा भर अनी एयरपोर्टमा मास्क गल्बस र सामाजिक दुरी कायम गर्नु पर्ने।
४. कुवेत आए पछी यहाँको स्वास्थ्य निती मान्छु भनी सहमती पत्रमा हस्ताक्षर गर्नु पर्ने ।
५. १४ दिन होम क्वेरन्टाइन बस्नु पर्ने ।

भिसा सम्बन्धी
१. कुवेत बाहिर रहँदा भिसा सकिएमा नयाँ भिसा अनिबार्य लगाउनु पर्ने। भिसा लगाए पछी कुवेत मोबाइल आइडी एप्स डाउनलोड गरी स्मार्ट सिभिल आइडी वा नयाँ भिसा लगाएको प्रमाण देखाउनु पर्ने ।
२. घरेलु महिला कामदारहरुका हकमा ६० वर्ष माथिका कुवेत आउन नपाउने।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

प्रतिकृयाहरू
...