Tuesday 13th October 2026

कुवेतमा ज्यान गुमाएका कुमार गुरुङको परिवारलाई आर्थिक सहयोग


तितोपाटी डटकम – पोखरा घर भई कुवेतमा गत जुलाई-१४,२०२० का दिन ज्यान गुमाएका प्रेम(कुमार) गुरुङको परिवारलाई मृतक संगै काम गर्ने साथीहरु मिलेर २३६ केडी (रू. ९०,६४१.१३० नब्बे हजार छ सय एकचालिस रुपैया एक सय तिस पैसा)आर्थिक सहयोग गरेका छन।काम गर्ने स्थलमा बिहानको खाज खाएर कुर्सीमा बसी रहेको बेला ढेलेका कुमारलाई अस्पातल पुर्याउदा हृदयघातको कारण मृत्‍यु भएको बताईएको थियो।

अल मिश्रक(Al mishraq) कार वास कम्पनीमा सबारी चालकका रुपमा कार्यरत दया शाक्य र रमेश विश्वकर्माको पहलमा २३६ केडी संकलन गरि सहयोग मृतकको परिवारलाई पठाइएको हो। मृतक कुमार गुरुङको श्रीमती लक्ष्मी कुमारी गुरुङको नाममा सहयोग पठाइएको दया शाक्यले तितोपाटी डटकमलाई बताए। उनले थपे”बिगत १६ बर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ बर्षिय मृतक प्रेम गुरुङको घरमा श्रीमती र एक छोरा रहेका र उनीहरुको आर्थिक स्थिती कमजोर भएको हुनाले तत्कालका लागि हामीले केही सहयोग गरेका हौ।”


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...