Monday 23rd March 2026

कविताः- छक्क दङ्ग – लोक छन्द(सवाई) -हरि शर्मा (सुबेदी)


छक्क दङ्ग
लोक छन्द: सवाई
**********
सरस्वती हाम्रै घर बास बस्ने राती ।
कविता नि यतै तिर आए देखि जाती । १ ।

शान्ती यहीँ रमाएरै बसेको यो साँझ ।
लक्ष्मी पनि खुशी हुँदा भाग्यशाली आज । २ ।

कालिकाले भन्ने गर्छिन् मद्दत चाहे सम्झ ।
बिहानीले भन्ने गर्छिन् बेला भयो ब्युँझ । ३ ।

शिव अनि बिष्णु लाई हाम्रै घर जाती ।
हरिको त कुरै छोडौँ बासै यहीँ राती । ४ ।

प्रकाश पनि बिद्द्युत सँग मिली-जुली बस्ने ।
प्रतिमा नि रोग सँग, लड्न कम्मर कस्ने । ५ ।

भलो देख्न अरुको नि सबै चाह गर्ने ।
अरु किन पर-पर छक्क दङ्ग पर्ने । ६ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...