Monday 23rd March 2026

गजल -राम भण्डारी


गजल

दुःख पीडा हर्न कोहि आईदिए हुन्थ्यो ।
गए वर्ष जस्तै शान्ति छाईदिए हुन्थ्यो ।।

आएर हे भगवान कोहि सच्चा देशभक्त
निदाएका कुम्भकर्ण जगाईदिए हुन्थ्यो ।।

स्वार्थ भन्ने शब्दलाई मनबाटै निकालेर
देशकै मुहार फेर्न कसम खाईदिए हुन्थ्यो ।।

नढाँट है साँच्चै देशको माया लाग्ने भए
देशको माटो टिपी माथ लाईदिए हुन्थ्यो ।।

तिनै करोड नेपालीले एकै लय मिलाई
विश्व शान्ति गित सबले गाईदिए हुन्थ्यो ।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...