Saturday 15th June 2024

नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना


तितोपाटी- कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका ४ पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् ।

उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत २२ असारमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।
करीब २ सातापछि उनीहरुको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताए ।

कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २ दिन र ह्याम्स अस्पतालमा ६ दिन राखिएको थियो ।

देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ । रासस


सम्बन्धित शीर्षकहरु

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

गुँरास अभियान्ता सुशिल बस्यालले पाल्पा जिल्ला भरी औपचारिकता पूरा गर्न मात्र नभै राम्रोसंग विभिन्न प्रजातिको बिरुवाहरु रोप्ने र विशेष गरि…

प्रतिकृयाहरू
...