Friday 30th January 2026

गजल -राम भण्डारी


गजल

आज साउने सक्रान्ति लुतो फाल्ने दिन ।
कहिले जुर्छ लुतो झैं कोरोना फाल्ने दिन ।।

हे ईश्वर! छिट्टै जुराइदेउ मानव जगतलाई
संसारै कोरोनामुक्त भइ दिप‌ बाल्ने दिन ।।

द्रुत गतिमा अघि बढाउँ हर प्रहर निरन्तर
डुबान पहिरोले‌ पारेका घाउहरू टाल्ने दिन ।।

धेरै पौरखी हातहरु छट्पिएर पर्खिरहेछन्
आ-आफ्ना कार्यथलोमा कर्म थाल्ने दिन ।।

सबै सजगता अपनाउन जरुरी छ अब यहाँ
आउनै नदिन मनका बिस्वासहरु ढाल्ने दिन ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हाल – काठमाडाैं


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...