Monday 23rd March 2026

कविताः- धनकी देवी – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


धनकी देवी – नेपाली लोक छन्द(झ्याउरे)

**************************************
धनकी देवी ती लक्ष्मी माता खै कता जानुभो ।
हातबाट मेरो सुलुक्क चिप्ली कसैको हुनुभो । १।

सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना ।
लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना । २ ।

दिन-बित्दै गए धनकी देवी तर्केर भागेको ।
शारदा भक्त भएछ भन्दै उम्कन लागेको । ३ ।

हे लक्ष्मी माता सुन्नुस न पुकार हजुरका भक्तको ।
हजुर त आजकल बन्नु भा रैछ दुर्जनको भक्त पो । ४ ।

आरती गर्छु दिनहुँ मैले पर्दछु भरमा ।
हजुर त खालि रमेको देख्छु जालीको घरमा । ५ ।

आँटीलो मान्छे रोजेर बस्ने कुरा म जान्दछु ।
दुष्टको मात्र अगाडि देख्दा अचम्म मान्दछु । ६ ।

अनेक रुप धर्तिमा देख्छु लीला नै अपार ।
सज्जनले पनि माग्दैछ भिक्षा नजाओस बेकार । ७ ।

बिराको भए अन्जानमा कतै म क्षमा माग्दछु ।
फर्केर आए दु:खीको घर सम्मानले राख्दछु । ८ ।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...