Sunday 1st February 2026

कविताः- अलमल गोत्र -हरि शर्मा(सुबेदी)


अलमल गोत्र
***********
म जन्मेको बाग्लुङ जिल्ला गल्कोट हो घर ।
हरि शर्मा नाम पर्यो, सुबेदी हो थर । १ ।

अमेरिकाको मिसिगन डीट्रोइट शहर ।
अहिलेसम्म चलेकै छ कोरोनाको कहर । २ ।

सरकारको उर्दी आउँछ मुख छोप्न भनी ।
आँखा मात्र देख्दा मान्छे चिन्नै गाह्रो भो नि । ३ ।

पहिले पहिले साथी भेट्दा हात मिलाउने ।
आज भोली मान्छे देखे मुन्टो फर्काउने । ४ ।

भोज र भतेर हुनै छाडे कोरोनाको डर ।
अरुको त क्या हो कुन्नि लाग्नै छाड्यो भर । ५ ।

राम राम शुरु हुन्छ काममा पुगे पछि ।
सातो पुत्लो उडी जाने हाच्छिउँ देखे अघि । ६ ।

मन मिल्ने साथी पनि यमराज झैँ लागे ।
एक जना अस्ति भर्खर बाटै बाट भागे । ७ ।

टीभी खोल्दा यमराज बोले जस्तो भयो ।
फोनमा खबर आउँदा ठूलो सातो गयो । ८ ।

आपतकालिन खबरहरु बेला बेला आउँछ्न् ।
होस हवास उड्छ सबको रातो मुख लाउँछन् । ९ ।

आफन्तलाई भेट्ने रहर पुग्दैन कि भनी ।
कोही कोही घुँक्क-घुँक्क रोई हाल्ने पनि । १० ।

धुरीबाट कराउँछ पाप भन्थे पहिले ।
सबै जना पापी भनी नभनौँ कि अहिले । ११ ।

ठाउँ ठहर पत्तो छैन अलमल गोत्र ।
नाम कस्तो कोरोना रे पार्‍यो अलपत्र । १२ ।

 

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...