Friday 30th January 2026

केहि चोटिला मुक्तकहरू -राम भण्डारी


केहि चोटिला मुक्तकहरू

(१)
ठगीको धन मुरी भन्दा दुःखको मानु बेस ।
दुःखी मनलाई ठग्नु भन्दा मागेर खानु बेस ।
कहिले पो आउँछ होला बुद्धि तिमीहरुको
समाजमा ईज्जत ठूलो बरु फूर्ति सानु बेस ।

(२)
सफा स्वच्छ तिम्रो मुटुभरी घृणा जाग्छ किन ।
निस्कलंक चाँदमापनि कतैकतै दाग छ किन ।
सधैं जसो रुमल्लिन्छ मनमा अनुत्तरित प्रश्न
पूर्णिमाको रात तिम्लाई अध्यारो लाग्छ किन ।

(३)
मुड्की सहेर बसेकै थियौं बज्य्रो लाठी किन ?
अध्यारोमा निर्दयी बनि ठोक्यौ नि राती किन ?
निर्दोष जनले कस्तो गल्ती गरे र ? सिन्धुमा
त्यस्तो बिनाश रच्दा तिम्रो चर्केन छाति किन ?

(४)
सधैं जसो साँझमा पीडा मुक्त हुन पिएँ ।
तिम्रो अधरलाई चिसो बतासले झैं छुन पिएँ ।
जब भन्यौ नपिउनु मैंले छोडे कसम खाएर
छाडेकै उपलक्ष्यमा साँझ १ प्याला पुनः पिएँ ।

-राम भण्डारी
ठोकर्पा – १, सुनकोशी, सिन्धुपाल्चोक
हालः पेप्सीकोला, काठमाण्डाैं ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...