Monday 23rd March 2026

कविताः- महत्व शिलाको -हरि शर्मा(सुबेदी)


महत्व शिलाको
*************
सम्बन्ध अति पुरानो पर्‍यो मान्छे र शिलाको ।
यसकै बखान गरौँ कि भनी कविता मिलाको । १ ।

आदिम काल ओढार बस्दा शिलाको चिनजानी ।
शिलामै सुत्ने शिला नै ओढ्ने शिलाकै सिरानी । २।

जनावर मार्न हतियार बन्यो शिलाको धारिलो ।
काठको टुप्पो त्यो चुच्चे ढुङ्गो देखियो भरिलो । ३ ।

कृषीको युग ढुङ्गाको घर माटो नि मिलेको ।
यसैको भर मान्छेले मानी छ आज हिँडेको । ४।

ढुङ्गाको कमाल्, ढुङ्गाकै बाघचाल ढुङ्गामा बसेर ।
ढुङ्गाको मुनी माछाको घर खोलामा पसेर । ५।

धपाउन मिल्ने चरा वा बाँदर ढुङ्गामै बसेर । ।
हातमा राखी मिल्काउन मिल्ने मुठीमा कसेर । ६।

घरमा बन्छ शिलाको परखाल खोलामा बाध नि ।
चाहेको जस्तै जस्ताको तस्तै ढुङ्गा त्यो बन्दिने । ७।

ढुङ्गाको मन्दिर ढुङ्गाको तस्बिर मूर्ति नि ढुङ्गाको ।
ढुङ्गामा कला इतिहास ढुङ्गा अभिलेख यसैको । ८।

ढुङ्गाको छाती बनी पो दिन्छ बलिया बाङ्गाको ।
निष्ठुरी बन्दा मन पनि यहाँ बन्दछ ढुङ्गाको । ९।

मनुश्य चोला सफल पार्न ढुङ्गा हो सारथी ।
ढुङ्गाको मूर्ती बनाइकन गरेको आरती । १०।

हरि शर्मा (सुबेदी)
गलकोट-बागलुङ, नेपाल ।
हाल: मिसिगन-अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...