निष्ठुरीको यादमा
तिमी सँगै बाँच्छु तिमी सँग मर्छु भन्थ्याै पहिले त ।
आकाश – धर्तीको जस्तो सम्बन्ध बनायौ अहिले त।।
मलाई छोडी सुखी सन्सार अन्त नै बसायौ ।
जिन्दगी भरी मलाई रुवाई अरु लाई हसायौ।।
्र
जुन दिन तिमी ले मलाई छोडेको थाहा पाएँ ।
न त दिनमा खाना खाए न त रातमा निदाए ।।
तिमीलाई बिर्सुं भन्दा सम्झना आउछ आखैमा ।
हाँस्दै बोल्दै गरी नजिक बस्थ्यौ आएर काखैमा।।
यति राम्रो हाम्रो माया छुटायो होला कसले ?
सधै चिठी पत्र लेखेर पठाउथ्यौ मलाई रगतले।।
एस.के. चौलागाईं “परदेशी”
सिन्धुली नेपाल
हाल: मरुभूमिको देश कुवेत