Monday 23rd March 2026

कविताः- बिद्या हो गुनिलो -हरि शर्मा(सुबेदी)


बिद्या हो गुनिलो
*********************
शार्दूलविक्रीडित छन्द ** वर्ण-१९
१२ र ७ अक्षरमा (यति) बिश्राम हुन्छ ।
*********************************
बिद्या हो गुनिलो अपार महिमा मेटिन्न केही गरी,
लत्रेको किन हो अज्ञान बनमा देखिन्छ तड्पे सरी । १ ।

बिद्या नै युगमा अजेय धन हो नासिन्न यस्तो चिज ।
बकुल्ला कसरी महान जगमा बन्ला र हाँसको बिच । २ ।

राजाको गणना भएन किन हो अर्को उ देशमा पसी ।
संसारै भरमा पुजिन्छ जनमा बिद्द्वान त प्रख्यात अति । ३ ।

बिद्याको तुलना हुँदैन धनमा बुझ्दैन कोही यहाँ ।
अज्ञानी जनले पछाडि हटेर मिल्ला र बिद्या कहाँ । ४ ।

मैलो त्यो मनको पखाल्न धनले सक्ला र संसारमा ।
बाँडेरै पनि यो सकिन्न त्यसरी बिस्मात बेकारमा । ५ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...