Sunday 1st February 2026

कविताः- “कोरोना” -बी. बी. तमु


“कोरोना”

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
मान्छे मात्र बसेको ठाउँमा ।।
किन सारा मुलुक डुल्दैछस् तँ ?
कोरोना भाईरसको नाउँमा ।।
तँ चाईनाको वुहानमा जन्मेर ।
युरोप अमेरिका तिर छिरेर ।।
महामारी तीब्र रूपमा बढाउँदै छस् ।
एक दिन तेरो मृत्यु अबस्य हुने छ ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
मध्ये पुर्बी मुलुक हुदै दक्षिण एशिया पुगिस् ।
बिश्वका मान्छेहरु तेरो बिरुद्दमा एकजुट हुदैछन् बुझिस् ।।
संसार डुल्ने र मान्छे मार्ने कत्रो तेरो औकात ।
लकडाउनको हतियारले जुट्दै छ सारा जगत ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
जन्मेको चार महिनामै जवानी बनी संसार हल्लाउने ।
अदृष्य रुपमा मानव शरीरमा पसेर गलाउने ।।
के छ तँ मा त्यस्तो अजम्बरी बुट्टी ।
सत्यानास पार्नेछ तलाई एक दिन सबैजना जुटी ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
मान्छे मारेको पापले ।
संसारका पिडित मान्छेको सरापले ।।
सबैले तलाई धिक्कारी रहेछन् ।
तलाई नियन्त्रण गर्न सारा डक्टरहरु जुटीरहेछ ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
सारा बैज्ञानिक चिकित्सकहरु,
कसरी तलाई सिध्याउने भनि सोचीरह्छ ।
भ्याक्सीनरुपी हतियारको खोज,
अनुसन्धानमाआज संसार जुटीरहेछ ।।

ए कोरोना -२,
कस्ले बोलाएर आईस् तँ ?
जसरी तैले महामारी फैलाउँदै छस् सारा जगत ।
उसै गरि तेरो बिरुद्दमा लगाई रहेछ संसारको तागत ।।
एक दिन तँलाई भ्याक्सीन रुपी हतियारले सिध्याउने छ ।
त्यसै दिन देखि कोरोना तेरो सदाका लागि अन्त्य हुनेछ ।।

बी. बी. तमु
हाल – मरूभूमिको देश

नोटः- रचनाकारले “ए कोरोना, ए कोरोना” भन्नको लागि “ए कोरोना – २” भनेर जनाएका हुन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...