Monday 23rd March 2026

गजल -राम भण्डारी


गजल

नेपाल बाहेक स्वप्नमा केहि देखेको छैन ।
कुनै रात साम्राज्यवादी सँग भेटेको छैन ।।

पत्यौंदैनौ होला है म परदेशमै भए पनि
पराईलाई वर आफ्नालाई पर हेरेको छैन ।।

तिम्रो कर्तुत छताछुल्ल भएको छ हिजो
तिमीले जसरी मैले सिमाना पेलेको छैन ।।

छातीमा हात राखेर पटक पटक भन्छु म
तिमीले जस्तो दोहोरो भुमिका खेलेको छैन ।।

कर्तव्य भुलेको छैन माटोको कसम खान्छु
मैले देशको नाम र स्वभिमान बेचेको छैन ।।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...