Sunday 1st February 2026

तीन चोटिला मुक्तकहरू – हरि शर्मा(सुबेदी)


तीन चोटिला मुक्तकहरु
************************
आकाश गड्गडायो खुबै सँग तर झरी बर्सेन कतै ।
कुकूर बेसरी भुक्यो गल्लीमा तर हात्ती तर्सेन कतै ।
कामको मात्र प्रशँसा हुन्छ लोकमा कुराले के गर्ला खै,
लाखौँ बिन्ती गरेपनि त्यो निर्दयी चट्टान सर्सेन कतै । १ ।

बाँदर अहिले लोकमा अर्को सँगी बाँदर सँग छ ।
अर्काको घर भत्काउनमै ब्यस्त, मक्ख अनि दङ्ग छ ।
कति जुट्नेहुन् बाँदरहरु अर्काको घर भत्काउने कर्ममा,
देख्छु सबै बाँदरहरुको स्वभाव उस्तै रूप अनि रङ्ग छ । २ ।

हुँदा-हुँदा लोकमा मान्छे पनि बाँदर जस्तै बनेको छ ।
बाँदरबाट बिकसित भन्छन रूप झन्डै उस्तै बनेको छ ।
सिको पनि बाँदरकै गर्‍यो मान्छेले, सहेन प्रगती अरुको,
बिगार्ने कलामा बाँदरको सिको जस्ताको तस्तै गरेको छ । ३ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...