Monday 23rd March 2026

नेपाल आमा थकित भईन् – लोक छन्द (झ्याउरे) -हरि शर्मा(सुवेदी)


नेपाल आमा थकित भईन् – लोक छन्द (झ्याउरे)
***************************************
नेपाल आमा थकित भईन् सन्तान देखेर ।
सन्तानले त्यहाँ टेर्न नै छाडे आमालाई हेपेर । १ ।

छोरा र छोरी चक्-चके परे उपद्रो गर्दछन् ।
कहिले काहीँ लुगा नै च्याती आपसमा लड्दछन् । । २ ।

छोरीले खोज्छे त्याँ नग्न तस्बिर छोरा नि उस्तै छ ।
घरको धन्दा नगर्ने कोही जस्ताको तस्तै छ । ३ ।

बाबाका राम्रा पुस्तक जति उनले जलाए ।
घरमा हैकम उत्तौला केटा केटीले चलाए । ४ ।

आच्मनी टिपी छोराले त्यहाँ पुलाउ खाँदैछ ।
घरको काम पटक्कै छुन्न डिस्कोमा जाँदैछ । ५ ।

नियमको बन्धन अनुशासन पनि हराउँदै गाको छ ।
बिनासै हुने समय आए जस्तो पो लाको छ । ६ ।

 

हरि शर्मा(सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका

 

 


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...