Monday 23rd March 2026

असार पन्ध्र-झ्याउरे(असारे) -हरि शर्मा(सुवेदी)


असार पन्ध्र-झ्याउरे(असारे)
**********************
असार पन्ध्र दही र चिउरा खानु भो भा छैन ।
खाएर मानो उब्जाउने मुरी थाहा छ थाहा छैन । १ ।

हिलोमा धान रोपेर छाडी आएर गोड्ने हो ।
असारे झरी बर्सिँदा खेरी खै के पो ओढ्ने हो । २ ।

हिलोले छ्यापी खेतमा खेल्ने हामीले गरेको ।
लगाको बस्त्र टाँसिदा खेरी भुतुक्क परेको । ३ ।

सम्झना मनमा आएर यहाँ कुत्कुती लगायो ।
कल्पना मात्रै गरेर पनि मन नै अघायो । ४ ।

हिलोमा खेल्ने सँगिनी आजकल के गर्दै होलान नि ।
बाडुल्की लाग्दा सम्झियो मलाई भन्दै पो होलान नि । ५ ।

बिधीले मलाई पछारिकन कुनामा थन्कायो ।
सम्झना मात्र मनमा रह्यो त्यसैले मन खायो । ६ ।

कुनै दिन फेरि घुमेर आउला रोपाईं गरौँला ।
बढेको खोला पिठ्युँमा बोकी तिमीलाई तारौँला । ७ ।

मायालु मेरी परखेर बस आउनेछु कुनै दिन ।
मनको तृष्णा बेसरी मेट्छौं मिलन हुने छिन । ८ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...