Monday 12th October 2026

संक्रमण देखिएपछि स्पेनमा पुनः लकडाउन


तितोपाटी- नयाँ संक्रमण देखिएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसिया क्षेत्रमा पुनः लकडाउन गरिएको छ।

अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो। ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ।

स्थानीय बारबाट पुनः संक्रमण फैलिएको आशंका गर्दै बारको क्षमताको ५० प्रतिशतभन्दा बढी मानिस उपस्थित हुन नपाइने नियम लगाइएको छ। यसअघि क्याटलोनिया क्षेत्रमा पनि पुनः लकडाउन लगाइएको थियो।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...