Monday 23rd March 2026

गुरू पूर्णिमा -हरि शर्मा(सुवेदी)


गुरू पूर्णिमा – मारूनी छन्द

पूर्णिमा यो गुरुको भनेर,
नाम सम्झिँए सबैको गनेर।१।

एक हैन गुरु छ्न अनेक
ज्ञान बाँड्ने बुद्धि र बिबेक।२।

गायत्री नि सुनियो गुरुको
दीक्षा दिने अर्को चाहिँ पर्नु भो।३।

क, ख, ग, घ सिकाउने गुरु नै।
ए, बी, सी, डी पढाउने गुरु नै।४।

एक देखी एम ए तक आउँदा नि।
बी एस सी र मेडिकल थपिने।५ ।

टी.एम. पनि सिकाको गुरुले।
पौडी खेल्न सिकाको गुरुले।६।

गन्दै जाँदा गुरु त धेरै छ्न्।
औँला गन्दा सबै नै सकिन्छ्न।७।

एक-एक गरी सम्झिएँ सबैलाई।
छाड्न मन लागेन कसैलाई।८।

मेरो मात्रै गर्दिन कुरा यो।
गुरुहरु हुनुन्छ हजुरको।९ ।

जिन्दगी यो भोगाइको क्रममा।
धेरै गुरु भेटियो जीवनमा।१०।

सबै गुरु बराबर मान्दछौँ।
ज्ञान अनि आशिर्वाद माग्दछौँ।११।

आफै चेला गुरु नि बन्नेछौँ।
एकअर्कामा आदर गर्नेछौँ ।।१२।।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...