Tuesday 24th March 2026

बिछोड -तारा अर्याल


बिछाेड

हजारौं तिर मेरो मुटुमाझ हानेर गयौ ।
आज पराइलाइ आफ्नो ठानेर गयौ ।।

हिजो सम्म साथ दिन्छु भन्ने मान्छेले
तर आज धोका दिइ पराइ बनेर गयौ ।।

मलाई दुःखी गरीब देखे पछी तिमीले
आज राम्रो अनि धनी मान्छे छानेर गयौ ।।

जिन्दगी तिमी सँगै बिताउँछु भन्थ्यौ
मेरो अगाडि पराइको हात तानेर गयौ ।।

जस्तो गरेर गयौ, जे गरेर गयौ तिमी
तर मैले भनेको एउटा कुरा मानेर गयौ ।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...