Tuesday 24th March 2026

कर्मको बन्धन -हरि शर्मा (सुवेदी)


कर्मको बन्धन

पशुको हुन्छ घाँटीमा दाम्लो मान्छेको हुँदैन।
छाडेको पशु भएर हिड्छ पटक्कै सुन्दैन।१।

कर्मको बन्धन मान्छेको साथ अरुले छेक्दैन।
धर्म र कर्म जप र पाठ कसैले देख्दैन।२।

चेतना बिना भएको पशु चेतनशील मान्छे हो।
चेतना सबै हराई जाँदा दुईखुट्टे पशु भो।३।

धर्म र कर्म संस्कृति हाम्रा बाधिनेँ दाम्ला हुन्।
नमान्ने जति नबुझी त्यसै काम छैन भन्दछन ।४।

भाषा र भेष भुलेमा आमा के त्यहाँ रह्यो र ।
प्रशस्त धन कमाए पनि आखिर के भयो र ।५।

हरि शर्मा(सुवेदी)
गल्कोट, बाग्लुङ,नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...