Sunday 1st February 2026

कर्मको बन्धन -हरि शर्मा (सुवेदी)


कर्मको बन्धन

पशुको हुन्छ घाँटीमा दाम्लो मान्छेको हुँदैन।
छाडेको पशु भएर हिड्छ पटक्कै सुन्दैन।१।

कर्मको बन्धन मान्छेको साथ अरुले छेक्दैन।
धर्म र कर्म जप र पाठ कसैले देख्दैन।२।

चेतना बिना भएको पशु चेतनशील मान्छे हो।
चेतना सबै हराई जाँदा दुईखुट्टे पशु भो।३।

धर्म र कर्म संस्कृति हाम्रा बाधिनेँ दाम्ला हुन्।
नमान्ने जति नबुझी त्यसै काम छैन भन्दछन ।४।

भाषा र भेष भुलेमा आमा के त्यहाँ रह्यो र ।
प्रशस्त धन कमाए पनि आखिर के भयो र ।५।

हरि शर्मा(सुवेदी)
गल्कोट, बाग्लुङ,नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...