Monday 5th October 2026

कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु


तितोपाटी- बुटवलका पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ। बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको हो ।

बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । न्यूज २४ का संवाददतासमेत रहेका ३० वर्षीय पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।
उनी सवार कार सडक किरानाको फलामे बारमा एक्कासी ठोक्किँदा दुर्घटना भएको थियो । पोष्टमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशिकक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

१ दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डे कलाकारसमेत हुन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...