Saturday 31st January 2026

गजल -टंक रिजाल ‘सन्तोष’


गजल

सोच्थें, सरकार जनताको उद्दार गर्दैछ ।
गलत रैछु म उ त यहाँ ब्यापार गर्दैछ ।।

लाग्ने भन्दा दोब्बर तेब्बर भाडा लिइ
कमिसनको खेल आफै सरकार गर्दैछ ।

हुँदा हुँदा राजनीति, लास माथि पनि
हदै नाघेर सत्ताधारी ब्यबहार गर्दैछ ।।

वजन नभएका गफ उखान टुक्का गर्दै
बहुमतको सरकारले भ्रष्टचार गर्दैछ ।।

जनता मर्दै गर्दा रोग भोकको चपेटामा
सरकार सहयोग पठाउन दोधार गर्दैछ ।।

-टंक रिजाल ‘सन्तोष’
हाल – सिड्नि अस्ट्रेलिया


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...