Thursday 16th May 2024

कविताः- “अस्ताए राजु” – -डम्बर थामी ‘अनुपम ‘


“अस्ताए राजु”

स्कूल जाने बेलामा
भनौं किशोरावस्थामै नै
समस्याको पहाडले थिचेपछि
तिर्खाएको काकाकूल जस्तै
रोजीरोटीको खोजीमा
आफ्नो देशको सिमाना नाघेर
परदेश हान्निएका हुन राजु सदा ।

कोरोना कहरले भयाक्रान्ता भएपछि
श्रम किनबेच पनि ठप्प भएपछि
जीवन मरणको दाेसाँधमा
अाँखामा सिङ्गो देश सजाएर
जन्मभूमिको असीमित माया
अदपमा राखेर
घर परिवारको याद
मुटुभरि संगालेर
सयौं कोश टाढा-टाढाबाट
खस्रा पटपटी फुटेको
पैतालाबाट रगत चुहाउँदै
भोक प्यासको बेवास्ता गर्दै
फिरेका हुन आफ्नै जन्मभूमि
सरकारको निर्देशन अनुसार
बसेका हुन क्वारेन्टाइनमा ।

क्वारेन्टाइन मानवाश्रम हो कि
सुनसान मसानघाट ?
जहाँ उनले न औषधि पाए
न उपचार पाए
न कसैको सहारा पाए
न उनको चीत्कार कसैले सुने
एउटा जीवनजलको अभावमा
आफ्नो प्राण धान्न पनि नसकेर
सुख्खा बगरको माछा जस्तै
छट्पटाउँदै-छटपटाउँदै
निभे बा-आमाको धिपधिपे दियो
घटे दिदीबहिनीको एक सहारा
कहिल्यै नउदाउने गरि अस्ताचलतिर
अस्ताए राजु सदा सदाको लागि ।

दुख्न त सिङ्गो देशलाइ दुख्नु पर्थ्यो
तराई दुख्दा पहाडले अाँसु पुछ्नु पर्थ्यो
हिमालहरू पोलेका घाउहरुमा मलम बन्नुपर्थो
तर किन रोएन हिमाल, पहाडहरू
आज राजु सदाका लासहरू
दुई तिहाईको बलियो सरकारलाई गिज्याउँदै
लडिरहेछन यत्रतत्र
सरकार लाचार भएर मौन छ
त्यही नदी किनाराको बकुल्ला जस्तै ।

रचनाकार : डम्बर थामी ‘अनुपम’
दिनाङ्क : २७ जुन, २०२० पराईभूमी


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...