Saturday 12th September 2026

३ महिनापछि वैदेशिक रोजगारी विभागमा उजुरी दर्ता सुरु


तितोपाटी- गत चैत महिनायता कोरोना भाइरस महामारीका कारण बन्द रहेको वैदेशिक रोजगार विभागले उजुरी लिन सुरु गरेको छ । विभाग बन्द भएयता वैदेशिक रोजगारी क्षेत्रमा समस्या परेका कामदारका उजुरी दर्ता भएको थिएन ।

गत बुधबारदेखि फोन र विभागमै आएर वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितले उजुरी दर्ता गराउन थालेको विभागले जानकारी दिएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितले फोन र विभागमै आएर उजुरी गर्न थालेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । विभागले पीडितले दिएको उजुरीका आधारमा कानुनी कारबाही गर्नेसमेत बताए ।
विभागले वैदेशिक रोजगारीका क्रममा समस्याका परेका कामदार उजुरी र मुद्दा हेर्दै आएको छ । लकडाउनका समयमा १ सयभन्दा धेरै फोनबाट उजुरी आएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पनि सरकारले श्रम स्वीकृति खुला गर्ने निर्णय भए पनि गरिसकेको छ ।-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

कुवेत स्थित मेचिकाली समुह कुवेतबाट नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग पठाएको छ। Al Muzaini Exchange मार्फत…

कुवेतमा रहेका नेपालीहरूको संस्था बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पहलमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पठाइएको…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

प्रतिकृयाहरू
...