Sunday 1st February 2026

कोरोनाको डरमा -एस.के.चौलागाई


“कोरोनाको डरमा”

परदेशमा रुँदै बसेको छु म कोरनाको डरमा ।
फर्केर आउने मन त धेरै नै थियो गाउँ घरमा।।

म जस्तो गरिबको के रहेछ र सधै दुःखी दिन ।
खाली पेट बाच्नु पर्ने त्यही माथी साहु को रिन।।

परदेशमा पनि भनेको जस्तो काम पाएको छैन ।
रातमा निन्द्रा न त दिनमा भोक केही लाको छैन।।

गाउँ घर सम्झी आज परदेशमा यति मन रुन्छ र ।
परदेशको ठाउँमा फर्किन्छु भन्ने के भर हुन्छ र।।

आएँ परदेश धेरै धन सम्पत्ती कमाउला जमाउला ।
बाँचे भने आउँला फर्केर आफ्नै गाउँमा रमाउला।।

एस.के.चौलागाई
सिन्धुली नेपाल
हाल : सात समुन्द्र पारी कुबेत


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...