Tuesday 24th March 2026

कोरोनाको डरमा -एस.के.चौलागाई


“कोरोनाको डरमा”

परदेशमा रुँदै बसेको छु म कोरनाको डरमा ।
फर्केर आउने मन त धेरै नै थियो गाउँ घरमा।।

म जस्तो गरिबको के रहेछ र सधै दुःखी दिन ।
खाली पेट बाच्नु पर्ने त्यही माथी साहु को रिन।।

परदेशमा पनि भनेको जस्तो काम पाएको छैन ।
रातमा निन्द्रा न त दिनमा भोक केही लाको छैन।।

गाउँ घर सम्झी आज परदेशमा यति मन रुन्छ र ।
परदेशको ठाउँमा फर्किन्छु भन्ने के भर हुन्छ र।।

आएँ परदेश धेरै धन सम्पत्ती कमाउला जमाउला ।
बाँचे भने आउँला फर्केर आफ्नै गाउँमा रमाउला।।

एस.के.चौलागाई
सिन्धुली नेपाल
हाल : सात समुन्द्र पारी कुबेत


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...