Saturday 31st January 2026

गजल -तारा अर्याल


गजल

तन अनि मन जलेपछि थाहा भयो ।
हो आफ्नै भाग्यले नै छलेपछि थाहा भयो ।।

मगजमा अनगिन्ती यादहरु मलाइ पठाउने,
साँचो आस्था पनि सबै ढलेपछि थाहा भयो।।

प्रज्वलन गर्ने दियोमा जति सुकै तेल थपे पनि,
आधा दियो मात्रै, बत्ति बलेपछि थाहा भयो।।

कस्तो मान्छे रहेछ भन्ने कहिल्यै नसोच्नु है,
बुढो नभइ सबै शरीर गलेपछी थाहा भयो।।

-तारा अर्याल
हाल विरानो देश


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...