Thursday 30th July 2026

विदेशिनेका दु:ख- गाली गर्दै गए, स्वर्ग भन्दै आए


तितोपाटी- धनुषाका  श्यामकुमार शाह बंगलादेशको इस्लामिक विश्वविद्यालयमा अध्ययनरत थिए कोरोना भाइरसको संक्रमण फैलिएसँगैविश्वविद्यालय बिदा भएपछि कोठामै महिना बसेर आइतवार साँझ उनी स्वदेश फर्किएका छन्

ढिलै भएपनि स्वदेश फर्कन पाएकोमा धेरै खुसी छन् उनी आफनो देश आकाशबाट देख्दा पनि धेरै खुसी भएका शाह नेपाल आइपुगेपनिअब के गर्ने होला भन्ने चिन्तामा छन्  

विदेशी नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन स्वास्थ्य परीक्षणदेखि व्यक्तिगत सुरक्षामा समेत बंगलादेशले राम्रो कामगरेको देखेका शाह नेपालमा पनि यही अपेक्षा गर्छन  

बंगलादेशमै विएस्सी नर्सिङ अध्ययनरत सोनिया सिन्जाली पनि स्वदेश फर्कन पाउँदा धेरै खुसी छिन् आफनो देशको माटोमा टेक्दा धेरैखुसी लागेको कोरोनाको त्रासनै हराएको उनले विमानस्थलवाट ओर्लदै गर्दा गरिन्  

बंगलादेशमा बस्दा कोरोना भाइरसको त्रासले महिना राम्रोसँग खाना पनि रुचेन,’ शिलापत्रसँग उनले भनिन्, ‘नेपाल फर्किने भनेपछिकति बेला पुगिन्छ जस्तो भएको थियो नेपाल आएपछि कोरोना भाइरसको महामारी जस्तो लागेको छैन

अध्ययनका शिलाशिलामा बंगलादेश पुगेका नेपाली संकटको बेला आफ्नो देशको यादले सताउने मीठो अनुभव बोकेर फर्किएकोबताउँछन्

सबैको एकैखाले अनुभव नेपाल फर्किएपछि कोरोनाको मानसिक तनाव हरायो

अध्ययन सकेपछि नेपाल फर्किएर दुर्गम जिल्लामा गएर स्वास्थ्य क्षेत्रमा सेवा गर्ने इच्छा सिन्जालीको उनमा बंगलादेश जाने बेलाजस्तो उत्साह थियो, अहिले सबै मरेको भन्छिन्, ‘कहिले अध्ययन सकिएला आफ्नै देश फर्केर काम गर्न पाइन्छ जस्तो भएको

आइतबार नै बंगलादेशबाट स्वदेश फर्किएका सिराहाका राजिव यादवको पनि धेरैपछि मनमा खुसी छाएको कोरोना भाइरसकाकारण महिना बंगलादेश बस्दा ३० वर्ष जेलमा बसेजस्तो अनूभूति भएको उनले सुनाए  

कोरोना भाइरसको त्रासले ज्यान नै खाएको थियो पढाइतिर ध्यान थिएन कहिले नेपाल फर्कन पाइन्छ भन्ने मात्र थियो’, उनले भने, ‘मिल्ने भए नेपालमै पढ्ने थिए तर, पढाइ सकिन लागेको त्यही भएपनि फेरी बंगलादेश जानुपर्छ अब कोरोना नियन्त्रणभएपछिमात्र जान्छु

अध्ययन सकिएपछि नेपाल नै फर्किएर त्यहाँ पढेको ज्ञान सीपअनुसार काम गर्ने उनको भनाइ  

आइतवार सरकारले बंगलादेशबाट सय ५८ जना विद्यार्थी नेपाल एयरलाइन्समार्फत स्वदेश फर्काएको उनीहरु बंगलादेशअध्ययनका लागि गएका थिए  

बंगलादेशमा करिब हजार विद्यार्थी विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् कोरोना त्रासका कारण करिब हजार विद्यार्थी भारतहुँदै नेपाल फर्किइसकेका छन्  

अझे एक हजार विद्यार्थी उद्धारको प्रतीक्षामा रहेको नेपाल फर्किएका विद्यार्थी बताउँछन् सरकारले आइतवार बंगलादेशबाट उद्धारगरेका विद्यार्थी आफनै खर्चमा फर्किएको बताएका छन्  

उनीहरु सय ६५ अमेरिकी डलर हवाइ खर्च तिरेर फर्किएका हुन् सरकारले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्कन चाहनेनागरिकलाई आफनै खर्चमा उद्धार गर्ने थालेको

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...