Tuesday 24th March 2026

कविता:- रुन्चे हाँसो -राम भण्डारी


‘रुन्चे हाँसो’

चाहना महिनौ देखिको झिसमिसे मै खुसी रोपियो ।
आफ्नो गन्तव्यमा पुग्ने सपना पुरा हुँदैछन् देखियो ।।

झर्दै नेपाली भूमिमा असिम खुसी झल्कियो ।
जिज्ञासा प्रस्टै थियो मुहारमा रुन्चे हाँसो टल्कियो ।।

आएँ जितेर मृत्युलाई, सम्झिंदा ममताको आगो सल्कियो ।
दृश्य यो आगमनले आँखामा खुसीको सागर छल्कियो ।।

सुरुवात राम्रो,रोकिनु हुन्न अब,पहिले जे भयो भैसक्यो ।
परदेशी जति छन् दुःखमा रहेका फेरि लिन गैसक्यो ।।

बेखर्ची,असक्त असहाय पालैपालो आउनुहोस ।
फर्की मातृभुमिमा माटोको टिका लाउनुहोस् ।।

कोभिड छ सतर्क रहनु होसियार,आएका जति बेस भो ।
मिलाइ उपयोग गरौं जे जे हाम्रो श्रोत साधन छ देशको ।।

फेद टुप्पो केहि पत्तो छैन, कस्तो अधर्मी सल्कियो ।
गलत के भो यो धरतीमा, किन काल पल्कियो ।।

कसरी हाँस्न सकिन्छ यहाँ हाम्रो देशै रोएको बेला ।
नेपाली दाजुभाई एक अर्का माथि नगरौं है हेलाँ ।।

फूलबारीमा फूल झैं मुस्कुराउँदै खुलेर बसौ ।
एउटै धागोको माला झै उनिएर मिलेर बसौं ।।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...