Tuesday 24th March 2026

बहर गजल -सिर्जना पाण्डे (सिरू)


बहरमा प्रयास
मुतकारिब मुसम्मन सालिम
१२२-१२२-१२२-१२२

बन्यो जून भुँइमा सरेको कहानी
कहाँ हुन्छ धर्ती झरेको कहानी ?

अँध्यारो छ बाटो छ मौसम रिसालु
नदेखेर खाल्डो परेको कहानी ।

भुलेछन् कसैले कोमल हात मेरा
समाएर खोला तरेको कहानी ।

मुनाले मदनको थिइन् आश गर्दै
कसैले बनायो मरेको कहानी ।

सदा झै कलमले दिएको छ साथ
म लेख्दै छु आस्था गरेको कहानी ।

सिर्जना पाण्डे (सिरु)
चितवन
हाल – नेपाल बाहिर


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...