“सपनाको झोला”
-राम भण्डारी
कहिले उड्ला मेरो विमान
सपना बोकेको
मलाई दृढ इच्छा छ
माटोको मिठो बासना सुंघ्ने
आफ्नै पाखा पखेरामा बेस्सरी कुद्ने ।
आजभोली भन्दै किन यसरी रोकेको
बाबाको अन्तिम ईच्छा मेरो अनुहार हेर्ने
के पुरा होला त?
उड्ने बाटोमा कोरोना भएर होकी
मलाई डर लागेको छ
कि बिसान गर्ने ठाउँमा कोभिड को डेरा छ?
मलाई तै पनि भर लागेको छ ।
आफ्नै देश फर्किदा
स्वर्ग को अनुभुति हुने
परदेश टेक्दाको जिज्ञासा जस्तै किन?
अचम्म लागेको छ ।
सानीले सम्झाइ झोला छुट्ला है
बाबुको खेलाौना भएको
अनि….अनि भन्दा भन्दै
पैसा सकियो कि फोन काटियो ।
तर सपनाको झोला अझै
भरिएको थिएन धेरै पसिना बेचियो
शरिर सुक्दै गयो यादमा घरको
मानौ शरीरमा पसिना नै सकियो ।
त्यहि आधी सपनाको झोला कसेर बसेको
पधेरामा पानी भर्ने पालो आउँछ कहिले ?
एक दिन अबस्य उड्छ मेरो विमान
बाबाको प्राण भन्दा पहिले ।
सम्पुर्ण नेपाली अडिग रहौं
कोभिड सँग लड्न
दृढ विश्वास अनि आत्मबल लिएर
आफ्नै आमाको काखमा
पसिना बगाउने अठोट गरि फर्कौं ।