Saturday 31st January 2026

रचनाः-परदेशीको पीडा -कुमार बराइली


घरमा हुँदा सबै सँग लडि लडि खाने बानी।
हातमुख जोर्न पाइन्थ्यो दिनभरि खेल्दा नि ।।

हैट ! परदेशमा त प्यास लाग्दा पनि
सहजै पिउन पाइदैन एक मुठी पानी।

त्यसै माथि साहुकी कान्छी छोरी
कामदारलाइ सधैं कच कच गर्ने बानी।

दिन रात नभनी गुलामी गर्नु छ यहाँ
उठ्न नसक्ने गरि बिरामी हुँदा नी ।

केहि गरि कोरोनाले मरे पनि
मलामी कोही छैन यहाँ लैजानी ।

कुमार बराइली
हाल – कुवेत फर्वानिया


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...