Saturday 31st January 2026

संघर्ष गरेकी छु -तारा अर्याल


“संघर्ष गरेकी छु”

खाएर होस या नखाएर दुःख त सधैं गरेकी छु ।
खै कसरी सुनाउँ, आफै अन्योलमा परेकी छु ।।

सबैले भन्छन कति खुसी छस है तँ
तर संगी साथीसँग अलग सरेकी छु ।
खायर होस या भोकै दुःख त गरेकी छु ।।

कोहि भोकमरीले रोएका छन, कोहि रोगले च्यापेर
त्यही बिचको हुँ म पनि संघर्ष त गरेकी छु ।
सङ्गी साथी देखि अलग सरेकी छु ।

परदेशमा छु कस्लाइ सुनाउ मनको कुरा
मनमनै भगवान को पाउ परेकी छु ।
आज कोरोनाले गर्दा पर पर सरेकी छु
मरेर भए पनि आँसु लुकाइ संघर्ष गरेकी छु ।

कति दुःख दिन्छस ए दैब!
कहिले साहुको वचन त कहिले आफ्नाको वचन
तर जिउँदै मरेर पनि बाँचे जस्तै गरेकी छु ।
सकि न सकि अगाडि सरेकी छु
सत्तुरको अगाडि संघर्ष गरेकी छु ।

पटक पटकको चोट सहन
गार्‍हो भैसक्यो मलाइ
आज तेरो खुसीको निम्ति
मेरो खुसी हरेकी छु
केही गर्छु भनेर संघर्ष गरेकी छु ।।

-तारा अर्याल
{बिरानो मुलुक}


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...