Saturday 31st January 2026

केहि मुक्तकहरू -सिर्जना पाण्डे (सिरू)


##मुक्तक##

आज मात्र हैन हरेक दिन रात भएको छ।
यस्तो लाग्छ कि ठुलो बज्रपात भएको छ।
किन बुझ्दैन अझै सम्म पनि य‍ो समाजले
चोखो मायाको तगारो नै जात भएको छ।
(१)

हारी सके यो दुनिया पक्षपाती बाट।
दुःखेको छ मन मुटु हिजो राति बाट।
जसलाई आफ्नै सम्झेर सर्वस्व सुम्पिए
उही बाट धोका भो विश्वासघाती बाट।
(२)

मनमा खुशी उमङ्ग साँची केही गर्नु छ।
जति पीडा भए पनि नाची केही गर्नु छ।
अरुको कुभलो चिताउनेहरु जलेरै मर्छन्
त्यसैले त यही जूनिमा बाँची केही गर्नु छ।
(३)

सिर्जना पाण्डे (सिरु)
चितवन, नेपाल
हाल – नेपाल बाहिर


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...