Tuesday 24th March 2026

गजल -बद्री न्याैपाने “बैरागी”


गजल

मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२
खडेरीको पानी पिलायौ तिमीले ।
अनौठो जवानी पिलायौ तिमीले ।।

समस्या परेको समाधान जस्तै
हुँदा झन् सिरानी पिलायौ तिमीले ।।

चमेली र बेली गए साथ छोडी
बिगारेर बानी पिलायौ तिमीले ।।

गरेको छु मैले हिजो आज थोरै
बोतलमा लगानी पिलायौ तिमीले ।।

थियो मात हाम्रो चढेको नशामा
उदायो बिहानी पिलायौ तिमीले ।।

बद्री न्यौपाने “बैरागी ”
तुर्माखाँद गा. पा. रानीबन-,६ अछाम
हाल – कुबेत


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...