Saturday 31st January 2026

गजल -तारा अर्याल


गजल
-तारा अर्याल

ओइलिएको फुल सरि झर्नु छ एक दिन ।
थाहा छैन कहिले हो तर मर्नु छ एक दिन ।।

जन्म दिने बुवा आमा आफ्ना आफन्तहरु
नचाहेर पनि छाडी टाढा सर्नु छ एक दिन ।।

माया प्रेमको जाल झेलमा जेलिन पुगेको
जीवन सकिने एक जंघार तर्नु छ एक दिन ।।

धन सम्पती छ भनी जति घमण्ड गरे पनि
अदृश्य यो कालको शरण पर्नु छ एक दिन ।।

पञ्च तत्वको यो शरीर समय सकिना साथ
लगेर मृत्युको अंगालोमा भर्नु छ एक दिन ।।

कसैलाइ ढिलो त कसैलाइ छिटो मात्रै हो
सबैले अन्त्यको सामना गर्नु छ एकदिन ।।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...