Friday 2nd January 2026

गजल -तारा अर्याल


गजल
-तारा अर्याल

मुटु भित्र पिडा लुकाइ हास्न बाध्य छु ।
हरेक पलपल मर्दामर्दै बाच्न बाध्य छु ।।

बलेको छ मुटु भित्र आगो विवशता कै
सहि नसही पिडा खेपी ताप्न बाध्य छु ।।

गाँठो पर्छ मुटु अनि म छट्पटिन्छु धेरै
पिडा माझ आफैलाइ राख्न बाध्य छु ।।

दिन्हरु त कट्छन एताउती भुलेर नै
हरेक रात आँसु सङ्गै काट्न बाध्य छु ।।

तिम्रै खुसी चढोस सिखर सुभकामना
म त आँखाबाट अतीत झार्न बाध्य छु ।।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...