Tuesday 24th March 2026

गजल -तारा अर्याल


धोका दिन्छ एकजनाले संसारसँग के गुनासो ।
काट्ने काम हो खुकुरीको त्यो धारसँग के गुनासो ।।

मौसमको मतलब छैन, अनेक देखिन्छ शहरमा
आफ्ना रहर पूरा गर्छन्, संस्कारसँग के गुनासो ।।

मलाई माया गर्छु भन्नेको मन चोखो भए पुग्छ
कालो होस् या त गोरो अनुहारसँग के गुनासो ।।

मझधारमा बग्ने मान्छे, नदी जस्तै लाग्छ मलाई
उनको मेरो भेट हुन्न त किनारसँग के गुनासो ।।

कुरुपलाई नि चट्ट पार्दै झुक्याइदिने यी नयनलाई
मन आखिर मनै हुन्छ श्रृङ्गारसँग के गुनासो ।।

तारा अर्याल
हाल – मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...