Saturday 31st January 2026

गजल – कृष के. सी. “किस्मत”


छिमेकी संग माग पुरा हुनुपर्छ ।
अब कुटनितीक कुरा हुनुपर्छ ।।

कालापानी लिपुलेक मात्र होइन
सिमानामा लिम्पिवाधुरा हुनुपर्छ ।।

छिमेकीले नेता किनेर देश खाने
देखेको सपना अधुरा हुनुपर्छ ।।

हामी इतिहास मात्र होइन साथी
सिमाना बचाउन सुरा हुनुपर्छ ।।

बम र बारुध संग नडराउन
नेपालीको जस्तै पाखुरा हुनुपर्छ ।।

कृष के सी
गुल्मी, तम्घास
हाल – मरुभुमिको देश


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...