घर छोडेर परदेश लाग्दा परिवारले रुदै गर्दा बिदा ।
बाँचिन्छ कि मरिन्छ अब अरुको ठाउँमा हुँदा ।।
परदेशमा छोरालाइ केही हुँदा परिवार कति रोलान ।
परदेशी छोरो घर फर्किदा परिवार होलान कि नहोलान।
चाड पर्व आउँदा साथीहरुले रमाईलो गर्छ्न गाउँमा ।
कति दुःखले रोएर बसेको छु यहि परदेशको ठाउँमा ।।
जन्म भूमि छोडी परदेश लाग्दा हुनि मनमा पीडा ।
आँसु पुछ्दै प्रीयसीले नजानू भन्दै रुँदै दिदै बिदा ।।
फर्की आउँछु म आफ्नै गाउँ न मरि बाँचेछु भने ।
मेरी मायालु मलाई छोडी तिमी पराईको नबने ।।
दुई छाक खाको होलान परिवारले खेत वारी खनेर ।
पर्खेर बसेका होलान छोरो आउनी दिन रात गनेर ।।
एस. के. चौलागाई
सिन्धुली नेपाल
हाल – मरुभूमिको देश कुवैत