Tuesday 24th March 2026

घरदेश र परदेश – एस. के. चौलागाई


घर छोडेर परदेश लाग्दा परिवारले रुदै गर्दा बिदा ।
बाँचिन्छ कि मरिन्छ अब अरुको ठाउँमा हुँदा ।।

परदेशमा छोरालाइ केही हुँदा परिवार कति रोलान ।
परदेशी छोरो घर फर्किदा परिवार होलान कि नहोलान।

चाड पर्व आउँदा साथीहरुले रमाईलो गर्छ्न गाउँमा ।
कति दुःखले रोएर बसेको छु यहि परदेशको ठाउँमा ।।

जन्म भूमि छोडी परदेश लाग्दा हुनि मनमा पीडा ।
आँसु पुछ्दै प्रीयसीले नजानू भन्दै रुँदै दिदै बिदा ।।

फर्की आउँछु म आफ्नै गाउँ न मरि बाँचेछु भने ।
मेरी मायालु मलाई छोडी तिमी पराईको नबने ।।

दुई छाक खाको होलान परिवारले खेत वारी खनेर ।
पर्खेर बसेका होलान छोरो आउनी दिन रात गनेर ।।

एस. के. चौलागाई
सिन्धुली नेपाल
हाल – मरुभूमिको देश कुवैत


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...