Saturday 17th January 2026

कुवेतले लकडाउन हटायो आईसोलेट क्षेत्र बढायो


तोयानाथ उपेक्षित, कुवेतले २१ दिन लामो पूर्णकालिन कफर्यु मई ३० तारिकबाट हटाउने निर्णय गरे पनि कोभिड १९ बाट बढि संक्रमित थप क्षेत्रहरुको पहिचान गरी आईसोलेट गर्ने निर्णय गरेको छ ।

यसरी आईसोलेटमा पर्ने थप क्षेत्रहरुमा फरवानिया, खैतान, नुग्रा र मैदान हवाली थपिएका छन । यस अघि आईसोलेट एरिया भनिएका जीलिप अल सुयोख र माहावुल्ला क्षेत्र अहिले पनि हट स्पोटकै रुपमा कायम छन र तिनलाई पनि आईसोलेसन मा नै राखिएको छ । बाँकी क्षेत्रको हकमा ५० प्रतिशत कर्मचारीका साथ काम गर्न सक्ने भनिएको छ । आईसोलेट क्षेत्र देखि बाहेकका क्षेत्रमा साँझ ६ बजेबाट विहान ६ सम्म कफर्यु जारी रहने छ ।

कुवेतले यहाँको जनजीवन सामान्य रुपमा फर्काउने घोषणा गरिरहँदा मानिसहरुमा एक खालको भय कायम थियो । पुरै कुवेतको जनजीवन चलायमान गर्दा कोभिड १९ को संक्रमण अरु फैलन सक्ने डर थियो तर अन्तिम अवस्थामा आएर कुवेतले थप सावधानी अपनाउदै चरणबद्ध कार्यक्रमहरु सार्वजनिक गरेको छ । २१ दिने पूर्णकालिन लकडाउनको शुरुका १० दिन सन्तोसजनक देखिएका थिएनन भने पछिल्ला १० दिनमा सुधारको संकेत देखिए पनि दैनिक संक्रमण हुनेको संख्या ७ सय भन्दा तल झर्न सकेको छैन ।

कुवेतमा हालसम्म संक्रमितहरुको संख्या २४,११२ पुगेको छ । यसबीच मृत्युबरण गर्नेहरु १८५ छन जसमा स्वास्थ्य क्षेत्रका २ डाक्टर सहित ७ जना रहेका छन । कुवेतले २३ वटा क्वारेन्टाईनमा राखेर उपचार गरिरहेको छ । आज सम्म निको हुनेको संख्या ८,६९८ जना छन ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...