Monday 29th April 2024

जातिय भेदभावको बिरुद्धमा संयुक्त समाजिक आन्दोलन जरुरी छ


जय नारायण माझी थारू – आधुनिक समाजले मानवलाई दुई वटा जात महिला र पुरुष मात्र भनेर परिभाषित गरिरहँदा हाम्रो नेपाली समाज र समुदाय उही रुढीबादी परम्पराबाट ग्रसित भएको पाईन्छ जहाँ उच निच, तल्लो र उपप्लो जातमा बर्गिकृत भएको पाईन्छ । अखिर किन ? के एउटा मानिस अर्को मानिस सरह होइन र ? सबै मानिसको रगत रातो हुन्न र ! हामीलाई थाहा छ सबै मानिसको रगत रातो हुन्छ भनेर तर हामी किन बिभेदबाट मुक्त हुन सकेका छैनौ? के हाम्रो समाज सधै यसरी नै एक अर्काको जातियता, धार्मिकता, उच निच, तल्लो र उपल्लो भनेर बर्गिय बिभाजन गरिरहने ?

कार्ल मार्क्सले भनेका थिए-धर्म अफिम हो भनेर । साच्चिकै धर्मको आडमा एक अर्कालाई तिरस्कृत व्यवहार हुदोरहेछ। समाज भित्र रहेका सम्पुर्ण उत्पीडित समुदायलाई समानता गर्नु नै आपसी मेलमिलापको महत्वपुर्ण कडि हो । जबसम्म समाजमा जातियता समानता जोडिदैनन तबसम्म समजको परिवर्तन हुन सम्भव छैन । समाजमा रहेको रहेक रुढीबादी परम्पराको जडसूत्रलाई अन्त्य गरेर नै सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ । समाजभित्र रहेको हरेक बुर्जुवा उदारवाद तोडिनु पर्छ । जबसम्म पुर्ण सहभागितामूलक समाज बन्दैन तबसम्म जातिय बिभेदको अन्त्य हुन सक्दैन । समाज र जनतामा परिवर्तनको ‘स्पिरिट’ लाई जागरुख बनाइ राख्नु पर्दछ । मुख्य कुरा समाजभित्र रहेका विभिन्न किसिमका समुदायलाई समानता सहितको सैद्धान्तिक , बैचारिक र समानताको परिभाषा सिकाउनु पर्दछ । स्वतन्त्रताको खुला आकाशमा रमाउन दिनुपर्छ । यस्तो आकाश जहाँबाट संसारको सबैभन्दा सुन्दरतम सभ्यता र सस्कृतिको दर्शन होस।

समता र समानता यी दुई शब्द सुन्दा एउटै अर्थ लाग्ने जस्तो भए पनि यी दुई शब्दको वास्ताविक अर्थ भने फरक फरक खालको परिभाषा हुन्छ । एउटा तल्लो र अर्को उपल्लो समुदाय बिच समान मूल्य मान्यता कायम गर्नु, राजनीतिक, आर्थिक, सामाजकि र बौद्धिक विषयका लागि समान अवसर प्रदान गर्नु तथा दुवैलाई समान हैसियत कायम राख्नुलाई नै जातिय र धार्मिक समानता भित्र पर्दछ ।
जातिय समता भनेको कुनै एउटा वर्ग र समाज बीच विभिन्न क्षेत्र तथा समाजका विविध पक्षहरुमा समान पहुँच कायम गर्नका लागि प्रदान गरिने समान न्याय, अधिकार निष्पक्षता र उचित व्यवहारलाई बुझाउँदछ । वर्गिय समाजलाई जन्मजात न्याय कायम गर्नु नै समता हो । तल्लो र उपल्लो दुवैको क्षमता अनुसार व्यवहार गर्नु दुवैको अवस्था अनुसार अवसर प्रदान गराउनु, प्राकृतिक संरचना, क्षमता, स्वभाव अनुसार समान व्यवहार गर्नु अवसर प्रदान गर्नु नै धार्मिक तथा लैङ्गिक समनता हो ।

प्रकृतिको भुगर्भबाट जन्मिएको कोरोनाभाइरस एक न एक दिन समाप्त हुन्छ तर मानिसको बिकार मनस्थितिबाट जन्मिएको जातिय विभेद र अपराधको भाइरस अन्त्य हुन धेरै समय लाग्छ । जातिय बिभेदको जघन्य अपराध रोक्न संबैधानिक उपचार र कानुनी प्रक्रियाले मात्र पुग्ला जस्तो छैन । त्यसैले कडा भन्दा कडा कानुनी उपाय अपनाउन जरुरी हुन्छ। विभेद रहित समाज निर्माणमा सन्देश प्रवाह, समाजमा रुमलिएका बिकृतिपूर्ण कुराहरु जातीय बिभेद, छुवाछुतजस्ता दर्जनौं कु:संस्कारबाट मुक्त गराउन सके मात्र सभ्य समाजको पहिचान हुन सक्ने छ । त्यसैले सदियौँदेखि कचल्टिएर रहेको छुवाछूतरूपी सामाजिक रोगको उपचार गर्न जरुरी छ त्यसका लागि जातिय छुवाछूत अन्त्यको लागि संयुक्त नेतृत्वमा सशक्त सामाजिक आन्दोलनको खाँचो छ।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...