Thursday 20th August 2026

कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन २०२४ मा आयोजना हुँदै


कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको चौंथो संस्करण आगामी १४ जुन २०२४ शुक्रबारका दिन कुवेतको अबुहालिफास्थित अल-साहिल क्लवको सुविधा सम्पन्न स्टेडियममा आयोजना गरिने जनाएको छ।

सन् २०१२ देखी कुवेतको नेपाली समुदायमा कृयाशिल रहँदै आएको मगर संघ कुवेतले लखन थापामगर गोल्ड कपको पहिलो संस्करण ०७ फेब्रुअरी २०१४ मा सम्पन्न गरेको थियो। जसमा SDFC सेक्युरिटी टिम बिजेता र आयोजक मगर संघ उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए। यसैगरी विविध प्राविधिक कारणवश अनिश्चित कालसम्मको लागि स्थगित गरिएको गोल्ड कपलाई करिब ७ बर्ष लामो बिश्राम पश्चात सन २०२३ मा पुन. निरन्तरता दिई तेश्रो संस्करण सम्पन्न गरिएको थियो। जसमा कल्याणकारी नेपाली युवा समाज बिजेता र आयोजक मगर संघ टिम उपबिजेता बनेका थिए।

मगर संघ कुवेतले उक्त गोल्ड कप आयोजना गरिने दिन नेपाली समाज कुवेतमा कसैले पनि अन्य कार्यक्रमको आयोजना नगरी टुर्नामेण्टलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सम्पूर्ण नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा आम खेलप्रेमी दर्शक महानुभावहरुलाई अनुरोध गर्दै सबैको साथ सहयोग र सल्लाह, सुझावको अपेक्षा गरेको छ।

मगर संघ कुवेतको गत ०८ मार्च २०२४ शुक्रबारका दिन कुवेतको फर्वानिया गार्डेनमा कार्यवाहक अध्यक्ष जय आले मगरको अध्यक्षतामा बसेको १४३औं नियमित बैठकले यस गोल्ड कपको चौंथो संस्करण मगर संघ कुवेतको १३औं स्थापना दिवशको अवसर पारेर आयोजना गर्ने निर्णय गर्दै कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई टुर्नामेण्टमा सहभागी भई खेलको कौशलता प्रदर्शन गरी गोल्ड कपको उपाधी चुम्न आव्हान गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...