Friday 25th September 2026

जन-जागृति युवा समाजद्वारा पत्रकार नबराज पन्थी सम्मानित


तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार पन्थीलाइ सम्मान गरेको हो । कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाजले संस्थाको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सवको अवसर पारेर पत्रकार पन्थीलाइ सम्मान गरेको हो । समाजले कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको हातबाट सम्मान प्रदान गरेको हो ।

सम्मानित भएपछि बोल्दै पत्रकार पन्थीले विगत १५ वर्षदेखि अाफुले सामुदायिक र परोपकारी पत्रकारिता गर्दै विभिन्न संघ संस्थाको नेतृत्व गरेर केही महिना अगाडि मात्रै महासंघको नेतृत्व समेत नयाँ नेतृत्वलाइ जिम्मा लगाइ स्वतन्त्र भएर बसेकोमा जन-जागृतिले यो सम्मान दिएर लेखन कार्यलाइ अझ सकृय रूपमा अगाडि बढाउन हाैसला प्रदान गरेको बताउँदै विगतका क्षणहरूमा प्रवासबाट पत्रकारिता क्षेत्रमा सामना गर्नुपरेका चुनाैतीहरूको समेत स्मरण गराएका थिए ।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका संरक्षक तथा पुर्व अध्यक्ष पत्रकार पन्थी तीतोपाटी मिडिया (कोसेली समुह)का पूर्व अध्यक्ष समेत हुन । नेपालमा रहँदा देखि नै रेडियो तथा पत्रिकामा काम गर्दै वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा अाएदेखि कुवेतबाट नेपालका विभिन्न मिडियालाइ समााचार प्रेषण गर्ने पत्रकार हुन । पत्रकार पन्थीले कुवेतमा रहेका नेपाली श्रमिकका समस्याहरूका बारेमा सामाग्री पस्कने गर्दछन् भने सूचना तथा जानकारीहरू सम्प्रेषणमा अब्बल रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...